हेटौंडा,४ कात्तिकः उद्योग, पर्यटन बन तथा बातावरणमन्त्री अरूण नेपालले देश विकासकै लागि सामुदायिक वनबाट कर लिने नीति बनेको बताएका छन् । पारिवारीक नीजि वन संघ नेपाल प्रदेश ३ को प्रथम अधिवेशनको आज हेटौंडामा उद्घाटन गर्दै मन्त्री नेपालले यस्तो बताएका हुन् ।

सामुदायिक बन माथि लगाइएको तेहोरो करको बिरुद्धमा महासंघ आन्दोलनमा जाँदै गरेको अवस्थामा कार्यक्रममा सहभागी वनका नेतृत्वले सरकारको कडा आलोचना गरेका थिए । वन क्षेत्रका नेतृत्वको भनाईलाई सम्बोधन गर्दै मन्त्री नेपालले संबिधानतः सामुदायिक बन प्रदेश सरकारको मातहतमा रहेकोले प्रदेश सरकारले कर लिने र सो रकम विकासकै लागि खर्च हुने बताएका हुन् ।

कार्यक्रमको अवसरमा बनमन्त्री नेपाल तथा प्रदेश सांसद सिग्देललाई बन क्षेत्रका माग समेटिएको ज्ञापन पत्र समेत बुझाइएको थियो ।

हेटौंडामा आज पारिवारीक नीजि वन संघका किसानहरूका अधिकार विषयक प्रदेशस्तरीय सरोकारवालाहरूसँग अन्तरसंवाद कार्यक्रम तथा प्रथम प्रदेश अधिबेशन कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री नेपालले नेपालले पछिल्लो समय पहाडबाट शहरतर्फ बसाइँसराई तथा आधुनिक जीवनशैलीले पनि वन जङ्गलको महत्व घट्दै गएको विचार व्यक्त गरे ।

कर प्रणलीमा एकद्वार नीति आबश्यक रहेको र प्रदेश सरकारले नै कर उठाउन पाउनुपर्ने मन्त्री नेपालले बताएका छन् । प्रदेशमा शिक्षा, स्वास्थ्य लगायत विकास निर्माण र जनताको सुविधाका लागि कर उठाउन आवश्यक रहेको र ५२ प्रतिशत भुभाग वनकै रहेकाले राज्यले लिएको करलाइ नकारात्मक रुपले लिन नहुने मन्त्री नेपालको आग्रह थियो । उनले सरकार बिरुद्ध आन्दोलन गर्नुभन्दा पनि सरकारलाई आफ्नै सोचेर अगाडि बढे छलफलबाट समस्या समाधान गर्न सकिने पनि बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद मुनु सिग्देलले तेहोरो कर प्रणालीको बिरुद्धमा आफु पनि उपभोक्तासँगै रहेको बताउनु भयो । फरक प्रसंगमा सिग्देलले औषधिजन्य लागू औषध गाँजा खेति गर्न कानुनि रुपले दिएर आय आर्जनको बाटो खोल्नु जरुरी रहेको बताउनु भयो ।

पारिवारीक नीजि वन संघ नेपालका ३ नम्बर प्रदेश ईन्चार्ज कुलप्रसाद चापागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा पारिवारीक नीजि वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरी, नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, गैरसरकारी संस्था महासंघ ३ नम्बर प्रदेश ईन्चार्ज बुद्धशरण लामा, पारिवारीक नीजि वन संघ मकवानपुरका उपाध्यक्ष तथा माईती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामा लगायतको उपस्थिति रहेको थियो ।