हेटौंडा,३ कात्तिकः आफ्नो २३औँ शाखाको रुपमा सिन्धु विकास बैंकले आजबाट हेटौंडामा सेवा शुरु गरेको छ । बैंकले आज हेटौंडामा औपचारिक कार्यक्रमको आयोजना गरी शाखा शुभारम्भ भएको जानकारी गराएको हो ।
सिन्धुपाल्चोकमा स्थापना भएर सेवा सुरु गरेको बैंकले प्रदेश तीनको राजधानीमा समेत आफुलाई स्थापित गर्न हेटौंडाको पारिजातपथबाट पश्चिममा रहेको नयाँमार्गमा रहने गरी बैंकको सेवा सुरु गरेको हो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा सहित अन्य विशिष्ठ अतिथिहरुले संयुक्त रुपमा बैंकको सेवा शुभारम्भ गरेका हुन् । बैंकले मकवानपुरमा थप दुईवटा शाखा समेत सञ्चालनको तयारी गरेको शाखा प्रवन्धक मौसम रिसालले बताएका छन् ।
सिन्धु विकास बैंक सञ्चालक समितिका अध्यक्ष रमेश प्रसाद जोशीको सभाध्यक्षतामा भएको कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको लगायतको आतिथ्यता रहेको थियो ।