हेटौंडा,३ कात्तिकः सरकारले निःशुल्क विक्री गर्ने औषधीको रुपमा रहेको जीवनजललाई पैसा लिएर विक्री गरेको पाईएपछि हेटौंडा उपमहानगरपालिका–५ मा रहेको शाह मेडिकलमा शिल लगाइएको छ ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले मेडिकलमा अनुगमन गरी शिल गरेको हो ।
प्रशासनको नेतत्वमा गएको टोलीले आकस्मिक रुपमा अनुगमन गर्ने क्रममा शाह मेडिकलमा शिल गरेको हो ।
अस्पतालले अन्य निःशुल्क वितरण हुने औषधि पनि पैसा लिएर विक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा पाईएको छ ।