हेटौडा, ९ असोज । एकिकृत कम्युनिष्ट पार्टीका सदस्यहरुले व्यक्तिवादी चिन्तनलाई पुर्ण रुपमा त्यागेर जनताको सेवामा लाग्न सक्यो भने मात्रै साम्यवादको लक्ष्यसम्म पुग्न सकिने बताएका छन् । सत्तामा पुगेपछि कम्युनिष्टहरु विलासी,सुविधाभोगी जीवनशैली अपनाउन थालेको र जनताप्रतिको जिम्मेवारलाइ वेवास्ता गर्दै गएकै कारण धेरै साम्यवादी राष्ट्रहरु विघटन भएको इतिहास बताउदै कम्युनिष्ट नेताहरु जनताप्रति जिम्मेवार हुन आग्रह गरेका हुन् ।

भिमफेदी गाउँपालिकाको सपथ ग्रहण तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एव् नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य केदार न्यौपानेले यस्तो आग्रह गरेका हुन् । न्यौपानेले सत्तामा गएर कम्यनिष्टहरु विग्रने गरेको इतिहाँसहरु धेरै भएकाले नेपाली कम्यनिष्टहरु प्रत्यक्ष जनताको निगरानीमा रहेर जनताको भावनाको कदर गर्दै जनताको जनवाद आफुहरुले चाहेको पनि बताए । यसैगरी प्रतिनिधि सभा सदस्य एव् केन्द्रिय सदस्य विरोध खतिवडाले स्थानिय तहहरुमा कम्युनिष्ट सरकारले गरेका कामहरुको जनताविच गएर समिक्षा गर्नु पर्ने र जनताको आश्यकताहरु, समस्याहरु केके हरेका छन् पहिचान गरी समस्याको समाधान गर्न निर्देशित भनाई कार्यक्रममा राखेका छन् ।

गाउँपालिका अध्यक्ष सानु थापाको अध्यक्षतामा भएको सपथ ग्रहन तथा शुभकामना कार्यक्रममा प्रदेश सभा सदस्य तथा केन्द्रिय सदस्य कुमारी मोक्तान, केन्द्रिय सदस्य रामेश्वर राना, प्रदेश सभा सदस्य तथा प्रेमबहादुर पुलामी, प्रदेश सभा सदस्य ओम घलान, जिल्ला नेताहरु बद्री लम्साल, बलराम बल, एकलाल श्रेष्ठ, प्रमिला लामा, प्रलोक पाण्डे लगायतले मन्तव्य राखेका थिए । अर्का जिल्ला सदस्य अप्सरा लोप्चनले स्वागत मन्तव्य राखेका थिए भने गाउँपालिकाको उपाध्यक्ष तथा जिल्ला सदस्य पार्वती रानाले पालिका सदस्यहरुको नाम वाचन गरेको हो । सो कार्यक्रमको अवसरमा भिमफेदी गाउँपालिका २ का दुई ओटै मृगौला फेल भएका पवित्रा जर्गा मगरलाई उपस्थित सम्पुर्णबाट आर्थिक संकलन गरी सहयोग समेत गरेका छन् ।