असोज ८
हेटौंडामा २ वटा मोटरसाईकल एक–आपसमा ठोक्किँदा १ जना घाईते भएका छन् । उनको पहिचान भने खुल्न बाँकी रहेको प्रहीले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथमा ना ४ प ९६०५ नम्बरको मोटरसाईकल र अल्फाबेट नखुलेको ३४०५ नम्बरको मोटरसाईकल बुधबार ठोक्किएको हो ।
ना ४ प ९६०५ नम्बरको मोटरसाईकलमा सवार एक जना घाईते भएका छन् भने ३४०५ नम्बरको मोटरसाईकलमा सवार व्यक्ति फरार भएका छन् । फरार भएका व्यक्तिको खोजी भईरहेको छ भने घाईतेलाई उपचारका लागि हेटौंडा अर्थोपेडिक अस्पतालमा लगिएको ४ नम्बर वडा प्रहरी कार्यालयले जनाएको छ ।