असोज ८
मकवानपुरको गढी गाउँपालिकाले आर्थिक वर्ष २०७५/२०७६ गरेको कार्य प्रगतिको समिक्षा गर्दै सार्वजानिक गरेको छ । गाउँपालिकाका प्रशासकिय अधिकृत भिम परियारले आ.व २०७५/२०७६मा गाउँपालिकाले ९२ प्रतिशत चाल् खर्च र ६५.७७ प्रतिशत पुजिगत खर्च गरेको सो अवसरमा जानकारी दिए । त्यस्तै कार्यक्रममा उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले कृषी शाखाको प्रगति विवरण पशुु शाखाका प्रमुख उत्तमलाल दासले पशुु शाखाको प्रतिवेदन, शिक्षा शाखाका प्रमुख राम बहादुर घलानले शिक्षा शाखाको प्रतिवेदन छुटेटाछुट्टै प्रस्तुत गर्दै आवश्यक जानकारी गराएको थियो ।

सो अवसरमा गाउपालिकाको अध्यक्ष विदुर हुमागाईले विकास निर्माणको काम पारर्दशी र गुणस्तरिय हुनु पर्ने र आफुले त्यसमा जोड दिएको बताएका छन् । त्यस्तै सो कार्यक्रममा मकवानपुर गढी एकका अध्यक्ष आइतेसिंह, वडा दुईका अध्यक्ष बखानसिह पाख्रिन, वडा पाचँका अध्यक्ष टिका प्रसाद तिमल्सिना लगायतका वडा अध्यक्ष तथा पदाधिकारीहरुले गाउँपालिकाका अवस्था बारे बोलेका थिए । कार्यक्रममा स्थानिय बुद्धिजिवी, समाजसेवि तथा संचारकर्मिहरुको सहभागीता हरेको थियो ।