असोज ५
बझाङको केदारस्युँ गाँउपालिका ७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शनिबार राति वडा कार्यालयमा आगजनी भएको गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले जानकारी दिइन् । आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेका छन् । आगजनी कस्ले गरेको हो भन्नेबारे खुलेको छैन ।
घटनास्थलसम्म रायल प्रहरी चौकीबाट टोली प्ररिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले जानकारी दिए । प्रहरी टोली पुगेपछि मात्र आगजनीबारे यथार्थ खुल्ने उनले बताए । वडाकार्यालय पुग्न करिब चार पाँच घण्टाको पैदल हिँड्नु पर्छ ।गत बुधबार राति बाजुराको जगन्नाथ गाउँपालिका(३ को कार्यालयमा पनि आगजनी भएको थियो ।