हेटौंडाः नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अध्यक्षमा जंगबहादुर गुरुङ्ग चयन भएका छन् । हेटौंडामा भएको महासंघको तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा गुरुङ्गको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा खेमबहादुर चेपाङ, लिलाकुमार घलान र शिलु कुमाल, सचिवमा भीम भुजेल, कोषाध्यक्षमा पदमराज राई, सहसचिवमा बिसलाल खड्गी, सीसम माझी र एकबहादुर आले मगर चयन भएका छन् । समितिको सदस्यहरुमा हरिलाल चौधरी, बिरबहादुर बोटे, प्रल्हाद राई दनुवार रहेका छन् ।
कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद ओम घलान, संघीय परिषदका कार्यवाहक महासचिव सुरविर थामी, नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश ३ का संयोजक काजीमान तामाङको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ‘आलु र तामा हजुर’ गितका गायक एवं लोकगायक सोमबहादुर लामालाई सम्मान गरिएको थियो । नेफिन मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्णशरण जोशीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खेमबहादुर चेपाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक सारु मगर, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरकी उपाध्यक्ष जानकी चौधरी, सल्लाहकार मधुकरसिं गलामी मगर, भुजेल समाज सेवा समिति मकवानपुरका अध्यक्ष ध्रुबबहादुर भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।