हेटौंडा,२ असोजः पश्चिम मकवानपुरको मनहरीमा हिजोदेखि सुरु भएको गाउँपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन आज बिहिबार भएको २ खेलमा सिमारा युवा क्लब र रुपाचुरी क्लब विजयी भएका छन् ।
मनहरी–७ मा रहेको चुरियामाई युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत आजको खेलमा सिमारा युवा क्लब र रुपाचुरी क्लब विजयी भएका मनहरीबाट जयराम मोक्तानले जानकारी गराएका छन् ।
सिमारा युबा क्लब र बासामाडी युवा क्लबबीच भएको खेलमा सिमारा युबा क्लब २–० गोल अन्तरले विजयी भएको हो । त्यसैगरी आजको दोस्रो खेलमा चुरियामाई युवा बि र रुपाचुरी युबा क्लबबीच भएको थियो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल ट्रइबेकरमा धकेलिएको थियो । ट्रङइबेकरमा रुपाचुरी युबा क्लब ३–२ गोल अन्तरले विजयी भएको हो ।
प्रतियोगिताको तेस्रो दिन शुक्रबार २ खेल सञ्चालन हुँदैछन् । भोली शुक्रबारको पहिलो खेल २ बजे हुनेछ । पहिलो खेलमा राक्सीराङ युबा क्लब र हरियाली युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ । त्यसैगरी दोस्रो खेल हपरान्ह ४ बजे हुने छ । जसमा मनहरी ४ र ५ बीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितमा २४ टिम सहभागी रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार ५ सय ५५, दोस्रो टिमले ३० हजार ३ सय ३३ तथा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।