हेटौंडाः मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले खेलको माध्यमबाट समाजमा सकारात्मक सन्देश दिन सकिने बताएका छन् ।
मकवानपुरको मनहरीमा आज बुधबारबाट सुरु भएको गाउँपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले यस्तो बताएको मनहरीबाट जयराम मोक्तानले जनाएका छन् । मनहरी–७ मा रहेको चुरियामाई युवा क्लबको आयोजनामा सञ्चालित प्रतियागिताको आज उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले खेलको माध्यमबाट समाजमा सकारात्मक सन्देश दिन सकिने बताएका हुन् ।
मनहरीको रमौलीमा रहेको प्रस्तावित मदन भण्डारी रंगशालामा सञ्चालित प्रतियागिताको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले खेलको माध्यमबाट समाजमा सकरात्मक सन्देश पुग्ने बताए । खेलकुदले प्रतिस्प्रर्धाको भवनामात्र नभएर भातृत्वको भवना पनि उत्पन्न हुने भन्दै अध्यक्ष उप्रेतीले खेलमा समाजका हरेक तह तप्कामा सकरात्मक सन्देशको प्रवाह हुने बताए । गाउँपालिकाले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि बजेट समेत छुट्याएको सुनाउँदै उनले खेलकुद क्षेत्रको विकासका लागि सँधै सहयोगको लागि तत्पर रहेको बताए ।
कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङ, पर्सा राट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति मनहरीका अध्यक्ष पदम तितुङ, सामुदायिक वन उपभोक्त महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती तथा विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति हरेको थियो ।
क्लबका अध्यक्ष श्रीकृष्ण राउतको सभाध्यक्षतामा भएको उद्घाटन खेलमा आयोजक टिम चुरियामाई ए ले विजय सुरुवात गरेको छ । आयोजक ए र मनहरी ६ मा रहेको सयपत्रि युवा क्लबबीच भएको खेलमा आयोजक ए ले सयपत्रि युवा क्ललाई ३–० गोल अन्तरले पराजित भयो । आयोजक टिम ए को तर्फबाट नविन ख्डका, समिर अर्याल तथा भुवन मुक्तानले एक–एक गोल गरेका थिए । आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्दै टिमलाई पहिलो जित दिलाउन सफल रविन खड्का पहिलो खेलको म्यान अफ द म्याच हुन सफल भए ।
प्रतियोगितमा २४ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार ५ सय ५५, दोस्रो टिमले ३० हजार ३ सय ३३ तथा मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलको दोस्रो दिन बिहिबार २ खेल सञ्चालन हुँदैछन । दोस्रो दिनको पहिलो खेल २ बजे हुने छ । पहिलो खेलमा सिमारा युवा क्लब र बसामाडी युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ । त्ययैगरी दोस्रो खेल हपरान्ह ४ बजे हुने । जसमा बिजौना युवा क्लब र भने युरियामाई युबा क्लब बि बिच खेल हुने आयोजकले जनाएको छ ।