हेटौंडा,२९ भदौ । बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुब्र्यवहारको अन्त्य गर्दै उनीहरुको सर्वाङगिण विकासको लागि हामी सबै सचेत र जागरुक रहनुपर्ने भन्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बालदिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यो बर्ष “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने नारा रहेको छ । मुख्यमन्त्री पौडेलले आईतवार एक सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनुभएको हो। उहाँले भन्नुभयो–“नेपालको संविधान, २०७२ को धारा ३९ ले बालबालिका सम्बन्धि ब्यवस्था गरेको छ । संविधानतः प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वागिण ब्यक्तित्व विकासको हकलाई प्रत्याभुति गरिसकिएको छ । अब यी ब्यवस्थाहरुलाई दृढतापुर्वक कार्यान्वयनको आवश्यकता छ ।”

विद्यालय भर्ना अभियान, अनाथ एव असहाय बालबालिकाको अभिभावकत्व ग्रहण, माध्यामिक तहसम्म निशुल्क एव अनिवार्य शिक्षा, विद्यालय खाजा तथा अभिभावक प्रोत्साहन लगायतका कार्यक्रमहरु मार्फत बाल अधिकारको सुनिश्चिता गर्ने प्रयासमा नागरिक समाज, राजनीतिक दल, संघसंस्था सबैको हातेमालो जरुरी रहेको उहाँको भनाइ छ ।