हेटौंडा,१२ भदौः हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा अटोको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारको क्रममा मुत्यु भएको छ । मुत्यु हुनेमा थानाभर्याङका ५० वर्षीय नारायण लम्साल रहेका छन् ।
लम्साललाई हिजो दिउँसो नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह १८९० नम्बरको अटोले ठक्कर दिएको थियो । घाइते लम्सालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा गएराती मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।