हेटौंडाः मकवानपुरकी एक २६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका–१ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोनलाई प्रहरीले पक्राउ गरेको छ ।
ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले सोमबार राती उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।