हेटौंडा,२५ साउनः गत साउन १२ गते निधन भएका मकवानपुर क्रिकेटका पुर्व क्याप्टेन तथा क्यान मकवानपुरका सदस्य निरज श्रेष्ठको १३औं दिनमा आज श्रद्धाञ्जली सभा भएको छ ।
मकवानपुर क्रिकेट यसोसियसन (क्यान)को आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नियमति स्वास्थ्य जाँच नगर्दा अहिले क्यान्सरको विरामी देखा परेको बताए । खेलाडीहरुले अझ नियमित स्वास्थ्य परिक्षण गर्नुपर्ने भन्दै उनले निरजको योगदा मकवानपुरको क्रिकेटमा निकै ठुलो रहेको बताए ।
निरजको योगदानलाई खेर जान नदिन क्याम मकवानपुर सहित हेटौँडा उपमहानगरपालिकाले पनि महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले निरजको परिवारलाई सहयोग हुने बताए ।
कार्यक्रममा क्याम मकवानपुरका पुर्व अध्यक्ष अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगाएतले श्रद्धान्जली मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौँडा स्कुल अफ म्यानेजमेन्टको तर्फबाट निरज श्रेष्ठ उपचारको लागि प्रतिवद्धता भएको १ लाख ५० हजार रकम समेत परिवारलाई हस्तान्तरण गरिएको छ । उनकको उपचारमा लागेको खर्च ब्यवस्थापनको लागि उक्त रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा निरजको बारेमा राष्ट्रिय रेफ्रि विनोद वानीयाले प्रष्ट पारेका थिए ।