सांकेतिक तस्वीर

हेटौंडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक जना अधिकृतलाई पक्राउ गरेको छ ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान अयोग हेटौंडाले जनाएको छ ।

आयोगका अनुसार अधिकृत अमात्यलाई हिजो आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कार्यालयबाट नै पक्राउ गरेको हो । उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा हेटौंडास्थित कार्यालय पुगेको प्रहरी नायब निरीक्षकको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी देवराज राईले जानकारी दिएका छन् ।