File photo

हेटौंडाः मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी गाउँपालिका अन्तर्गतको क्षेत्रमा २५ मिटर क्षेत्र भित्र पर्ने भौतिक संरचनालाई हटाउने कार्यलाई स्थानीय आफैले तिब्रता दिएका छन् ।

डिभिजन सडक कार्यालय हेटौंडाको एक टोलि २५ मिटर भित्र पर्ने संरचनालाई हटाउन डोजर सहित आएपछि स्थानीयहरु त्रसित भएर आफुले निर्माण गरेको संरचनाहरुलाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्न थालेको मनहरीबाट जयराम मोक्तानले जानकारी गराएका छन् । भिडिजन सडक कार्यालयले ३ दिनभित्र संरचना हटाउन निर्देशन दिएसँगै मनहरी बजारमा रहेका फुटपथे पसल, ठेला गाडा, व्यवसायीहरुले अव्यस्थित रुपमा राखेको विभिन्न सरसामानहरु व्यवस्थापन गर्ने कार्य सञ्चालन भइरहेको मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका वरिष्ठा उपाध्यक्ष नारायाण सुवेदीेले जानकारी दिए ।

त्यसैगरी मनहरी क्षेत्रमा पर्ने पुर्व पश्चिम राज मार्ग अन्तर्गत सडक छेउछाउमा बनेका घर टहराहरुलाई उपभोगक्ता आफैँ भत्काइरहेको छ । मनहरीको शिविर, डिपाट, भुलचोक, बिजौना, रमान्टार नयाँ बस्ती तथा र सुनाचुरिमा सडक छेउमा निर्माण भएको घर तथा टहराहरुलाई पनि भत्काइरहेको छ ।

डिभिजन सडक कार्यालय हेटौंडा मनहरी पुल देखि मनहरी ६ सुनाचुरीसम्म २५ मिटर एरियाको नाप जाँच गरिएको थियो । लोथर क्षेत्रमा भने संरचनाहरु केहि समय अगाडी हटाइसकेको छ ।