साउन १६
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको ब्यबस्था गर्नु पर्ने बताएको छ । भौतिकपूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुसंग भएको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नगर्ने ठेकेदारलाई जरिवानाको व्यबस्थामा कडाई गर्नुपर्ने पनि बताए । मुख्यमन्त्रीले नश्चित समय ठेकेदारले आयोजना मर्मत गर्ने निति ल्याउन पनि प्रदेश सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । परिचालन रकम लिएर पनि कतिपय ठेकेदारले काम नगरेको भन्दै ‘ मोबिलाईजेसन रकम लिएर कतिपय ठेकेदार सम्पर्क बाहिर रहने बताएका छन् । अवमोबिलाईजेसन रकम बिनै कामगर्ने नितिल्याउने विषयमा छलफलभईरहेको छ ।

यसैगरी व्यक्तिलाई मुआब्जादिएर नया संरचना बनाउन नसकिने पनि मुख्यमन्त्रीको दाबी छ । मुआब्जा दिएर प्रदेश सरकारले सडक बनाउन नसक्ने पनि स्पष्ट पारेको हो । अबस्था हेरेर अब सरकारले मुवाब्जा दिने हैन लिनुपर्ने अवस्था आउन थालेको मुख्यमन्त्रीको भनाई थियो । सरकारले बनाउने विभिन्न संरचना निर्माणसंगै विकास निर्माण प्रकृया अगाडि बढ्ने बताए । राज्यले लगानी गरी सडक लगायतका संरचना बनाउँदा ब्यक्तिको सम्पत्तिको मुल्याँकन बढ्ने हुँदा सोहि अनुपातमा राज्यलाई सहयोग गर्नुपर्ने छ । मुआब्जाका बखेडा झिक्ने ठाउँमा प्रदेश सरकारले लगानी गर्न नसक्ने पनि स्पष्ट पारे । यस्ता क्रियाकलापले राज्य कमजोर हुने र व्यक्ति धनी हुँदै जाने परिपाटि बन्ने बताए । अहिले प्रदश सरकारले ट्रयाक खोलिसकेको बताउँदै अब विकास गतितिब्र रुपमा अगाडि बढ्ने बताए ।

३ नम्बर प्रदेश सरकार नमूनाका रुपमा लैजान लागेको जानकारी दिदैं महत्वपूर्ण रुपमा रहेको प्रदेशमा उदाहरण हुने गरि काम गर्न पनि कर्मचारीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश नितितथा योजना आयोगका सदस्य डा. रामचन्द्र ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब कौशल किशोर झा सहभागि भएका थिए ।