साउन १५
विप्लव नेतृत्वको नेकपाले गरेको वन्दको कारण मकवानपुरको हेटौँडामा रहेका अधिकांश ब्यवसायहरु बन्द भएका छन् । बन्दको असर शिक्षालयहरुमा समेत परेको छ । मकवानपुरमा रहेका उच्चमावि तथा क्याम्पसहरु समेत बन्द भएका छन् । बन्दको कारण बजार क्षेत्र बन्द हुनुको साथै लामो दुरीको सवारीहरु सञ्चालनमा आएनन् । तर स्थानिय साना सवारीहरुमा भने बन्दको प्रभाव खासै परेको देखिएन । हेटौँडामा शुरक्षा व्यवस्था कडा पारिएको छ ।