हेटौंडाः हेटौंडा बजार लायन्स क्लबको ह्याण्ड ओभर टेक ओभर कार्यक्रम सम्पन्न गरेको छ । मकवानपुरको पर्यटकीय क्षेत्र मार्खु सिम्लाङ्गमा क्लबले बर्ष २०१८–२०१९, २०१९–२०२० का लागि लायन्स पारसमणी थिङ्गलाई क्लबको आगामी नेतृत्व हस्तान्तरण गरेको हो ।

लायन्स क्लबका एम्बेसडर अफ गभर्नर बसन्त कप्रौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, प्रदेश सभा सदस्य माधवप्रसाद पौडेलको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर लामाले नगरको विकासमा क्लबसँग हातेमालो गर्दै हेटौंडा शहरलाई हरियाली तथा सुन्दर शहरको परिकल्पना आफूले गरेको बताएकी छिन् । कार्यक्रममा प्रदेश सभा सदस्य माधवप्रसाद पौडेलले क्लबको माध्यमबाट समाज रुपान्तरणमा युवाहरुको भूमिकाको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा क्लबको माध्यमबाट बृक्षारोपण, बृद्धाश्रमलाई सहयोग, शैक्षिक छात्रवृत्ति लगायत हाल सम्म गरिएका विभिन्न सामाजिक कार्यहरुको बारेमा जानकारी समेत दिईएको थियो । क्लबका तर्फबाट अभय अर्यालले स्वागत मन्तव्यबाट शुरु गरिएको कार्यक्रममा टोल विकास समितिकी सीता विष्ट, जुना मल्ल, लायन्स क्लबका जोन चेयर पर्सन माधव पोखरेल लगायतको उपस्थिति रहेको थियो । क्लबले आन्तरिक पर्यटनमा सघाउ पुर्याउने उद्देश्यले सो कार्यक्रम हेटौंडा बाहिर गरिएको बताएको छ ।