हेटौंडाः आँचल साहित्य कला पुञ्जको नियमित भेटघाट तथा रचना वाचन कार्यक्रम भएको छ ।
भैरवरोड स्थित साहित्य संगम मकवानपुरको सभाहलमा कार्यक्रम भएको हो । आँचलका अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष तिम्सिना, निरा शर्मा, भावना सापकोटा, स्वस्तिका बानियाँले रचना वाचन गरेका थिए ।
नारी प्रतिभालाई समेट्ने उद्देश्यका साथ स्थापित आँचलले महिला सर्जकहरुलाई साहित्य सृजनामा अघि बढाउने उद्देश्यका साथ हरेक महिनाको तेस्रो शनिबार रचना वाचन तथा भेटघाट कार्यक्रम गर्दै आएको छ ।