२० असार
करिब २ महिना देखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग शुक्रबार देखि पुर्ण क्षमतामा सञ्चालमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि ल्किङ्कर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेर विग्रेको कारण उद्योग बन्द रहरेको थियो । उद्योगका महाप्रवन्धक हेमशकंर सिहका अनुसार करिब ३० लाख रुपैयाँ खर्च गरेर उद्योगको मेसिन मर्मत एव् निर्माण गरेपछि उद्योग सञ्चालनमा आएको हो । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने सो उद्योगको मुख्य मेसिन विग्रेपछि ल्किङ्कर र सिमेन्ट उत्पादन ठप्प भएको थियो ।
उद्योग प्रसासनको अनुसार उद्योगको मोटर आफ्नै प्रविधिक कर्मचारीबाट मर्मत भएको र उद्योगको रोयटर पाटर्स बाईन्डीङको काम विरगंजबाट भएको छ भने भारतबाट एक जना विशेषज्ञ बोलााएर उद्योगको मेसिनको जाँच गराएको थियो । उद्योगको यस वर्षको ३१ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य थियो तर २० लाख बोरा सिमेन्ट मात्रै उत्पादन भएको महाप्रवन्धक सिहले बताए । उत्पादन बन्द हुदा उद्योगलाई व्यापक घाटा भएको सो उद्योगका कर्मचारीहरुको भनाई छ । हाल सिमेन्ट उद्योगमा करिब ४०० जना कर्मचारी कार्यरत रहेको छ । उद्योगबाट उत्पादित सिमेन्ट एक हप्तापछि बजारमा विक्री हुने सिहले जानकारी गराएको छ ।