हेटौंडाः लामो समयदेखि विवादमा अल्झिएको हेटौंडास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवन आज आईतबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका छन् ।
धार्मिक विधि अनुसार मन्त्र पाठ तथा व्यानर उद्घाटनका साथै जग हालेर मुख्यमन्त्री पौडेलले भवनको शिलान्यास गरेका हुन् । प्रदेशका मन्त्री, प्रतिनिधिसभा सदस्यहरु, राष्ट्रियसभा सदस्य, सांसदहरु लगायत क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीहरुको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो ।

१३ करोड लागत अनुमान गरिएको भवनका लागि एक निर्माण कम्पनीले ९ करोड ९८ लाख रुपैयाँ लागतमा निर्माण गर्ने जिम्मा लिएको छ । प्राप्त जानकारी अनुसार २ वर्षभित्र २० कोठे भवन निर्माण कार्य सकिने गरी निर्माण सम्झौता भएको हो ।