असार ९
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७६/ ७७ को लागि ६० करोड को बजेट ल्याउने तयारी गरेको छ ।

११ गते हुने बजेट अधिबेशनमा उक्त बराबरको बजेट प्रस्तु गर्न लागेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । संघिय सरकारको २५ करोड र प्रदेश र गाउँपालिकाको विभिन्न क्षेत्रको स्थानिय स्रोत साधानबाट प्राप्त आर्थिक स्रोतलाई समेटेर ६० करोड रुपैँयाको बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको उनले बताए । ३३ करोड चालु तथा २७ करोड पुँजीगतगरि ६० करोडको बजेट बजेट अधिवेशनमा प्रस्तुत गरिने अध्यक्ष उप्रेतीको भनाई छ ।

यो वर्ष गाउँपालिकाले खरको छाना मुक्त कार्यक्रम अन्तरगत गाउँपालिका भित्र रहेको बोट समुदाय, सिमान्त्कृत जाति तथा अन्य गरिव र विपन्न वर्गको खरको छाना हटाएर २० हजार बराबरको जस्ताको ब्यबस्था गरिने कार्यक्रम लागु गरिने अध्यक्ष उप्रेतीका भनाइ छन् । त्यसै गरि युवा वर्गलाई अगाडी बढाउनका लागि युवा केन्द्रीत विभिन्न कार्यक्रमका लागि पनि बजेटको ब्यबस्था गर्न लागेको बताए । त्यसै गरि आर्थिक वर्ष २०७५ ७६ मा सम्पन्न नभएका योजनाहरुलाई पनि यसै आर्थिक वर्ष भित्रमा सम्पन्न गराउने लक्ष्य सहित कार्यक्रमहरु अधिवेसनमा प्रस्तुत गरिने छ । १० गेतका लागि तय गरिएको अधिवेशन विप्लब नेतृत्वको नेकपाले गर्न लागिएको नेपाल बन्दका कारण १ दिन पछि हुने छ ।