हेटौडा,८ असार । मकवानपुर थाहा नगरपालिका विकास घरमा प्रथम पालुङ साहित्य महोत्सव २०७६ गरेर रुपचन्द्र विष्टलाई सम्झिएको छ ।

थाहानगरपालिकामा जन्मिएर जनमुखी राजनीति गरेका रुपचन्द्र विष्ट र उहाँका दर्शनलाई सम्झिदै उहाँको २० औं स्मृति दिवसको पारेर शनिवार साहित्यिक महोत्सव गरिएको हो । त्यही दिनको सम्झना र सम्मान गर्दै भीमफेदी ९ स्थित लेकाली बसीफाँट माविले शुक्रवार कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम ग¥यो ।

तामझम र औपचारिकतालाई मननपराउने रुपचन्द्र विष्टको सम्झना गर्दा उहाँकै शैलीमा कार्यक्रम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार लामाले बताउनुभयो । रुपचन्द्र विष्टको पर्चा वाचन गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । रुपचन्द्र विष्ट स्मारक समिति नेपालका अध्यक्ष रामनारायण बिडारीले रुपचन्द्रको भावनाअनुरुप जनताको सेवकको रुपमा जनप्रतिनिधिलाई काम गर्न सुझाव दिनुभयो। मकवानपुर र काठमाडौंका एक दर्जनभन्दा बढी साहित्यकारहरूले प्रगतिशील कविता वाचन गरेका थिए ।

त्यस्तै शनिवार भएको साहित्यिक महोत्सवमा जनमुखी सहकर्र्मी शशी शेरचन (सोनाम साथी) को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई भव्यसमारोहको बीच कम्युनिष्ट नेता सोनाम साथीले उद्घाटन गर्नुभएको थियो । थाहानगरपालिकाका नगरप्रमुख लबशेर विष्टको सभाध्यक्षता भएको कार्यक्रममा रुपचन्द्र विष्टको योगदान र अहिलेको सन्दर्भमा नयाँ पुस्ताबीच कसरी पु¥याउने भन्ने विषयमा वक्ताहरुले चर्चा गरेका थिए । कार्यक्रममा अतिथि गुणचन्द्र विष्टले रुपचन्द्र विष्टका वाल्यावस्था र उहाँका दर्शनबारे बोल्नुभएको थियो ।

कार्यक्रमलाई समापन गर्दै नगरप्रमुख विष्टले रुपचन्द्र विष्ट राष्ट्रको सम्पत्ति भएकोले आफू जनप्रतिनिधिको हैसियतले गर्नुपर्ने कार्यहरु सबैको सल्लाहसुझाव लिएर अघि बढ्ने बताउनुभयो ।
साहित्यिक महोत्सवमा देशभरका नाम चलेका साहित्यकारहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए ।