हेटौडा, ८ असार । प्रथम पालुङ साहित्य महोत्सवको अवसरमा साहित्यकार श्यामप्रसाद शर्माका दुईवटा कृतिहरु ‘सबैको लागि घर’ र ‘महिलाका कुरा’ सार्वजनिक गरिएको छ ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिस्ठानद्वारा शनिवार थाहानगरमा २ वटा पुस्तक सार्वजनिक गरिएको हो ।कम्युनिष्ट नेता शशि शेरचन ‘सोनाम साथी’ले भव्य समारोहबीच कृति सार्वजनिक गर्नुभयो । थाहानगरपालिकाका प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डे, सदस्य ऋषिराम पोख्रेलले प्रतिष्ठानको आवश्यकता र कृतिबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि एवम जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
श्यामप्रसाद स्मृति प्रतिष्ठान नेपालद्वारा प्रकाशित ‘सबैको लागि घर’ समाजसेवी मुकुन्द बानियाँले छपाई सौजन्य गर्नुभएको हो भने ‘महिलाका कुरा’ पत्रकार नानीमैया विष्टले छपाई सौजन्य गर्नुभएको हो ।