हेटौडा, ६ असार । हेटौडा क्याम्पस हेटौडाले एम.फिल.र पि.एच.डी. अध्ययनरत प्राध्यापकहरुलाई तीन दिने अनुसन्धानमुलक आर्टिकल लेखन सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।

असार ४ देखि ६ गतेसम्म सञ्चालन भएको उक्त अभिमुखीकरणमा २० जना भन्दा बढीको सहभागिता रहेको थियो । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष कमानसिं पाख्रिनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुको तर्फबाट देवीराम लामाले अनुभव प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रमका स्रोत व्यक्तिहरु डा.शङ्कर प्रसाद उपाध्याय, डा.विजय नेपाल, डा.रामप्रसाद अधिकारी र डा.राजु क्षेत्री रहनुभएको हेटौडा क्याम्पसले जनाएको छ । कार्यक्रमको अध्यक्षता अनुसन्धान समिति हेटौडा क्याम्पसका अध्यक्ष देवचन्द्र मानन्धरले गर्नुभएको थियो ।
कार्यक्रममा स्रोत व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।