असार २
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले हेटौँडा–भिमफेदी–काठमाण्डौँ सुरुङमार्ग निर्माण हुने बताएका छन् । आज आर्थिक मामिला तथा कानुन मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढुंगेलले एउटा प्राईभेट कम्पनीले हेटौँडा–भिमफेदी–काठमाण्डौँ सुरुङमार्ग निर्माण गर्ने भनेर एक दशकबाट अबरोध सृजना गरेको कारण गत वर्ष प्रदेश सरकारले निर्माणको काम गर्न नसकेको बताए ।

तर यो वर्षबाट उक्त बाधा फुक्ने भएको हुँदा यो वर्ष आफुहरुले निर्माण कार्य सुरु गर्ने उनको भनाई रहेको छ । यो भन्दा अघि कस्ले के गर्यो, किन निर्माण गरेन भनेर भन्नु भन्दा पनि अब प्रदेश सरकारले कसरी काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनले बताए ।