असार २
पश्चिम मकवानपुरको मनहरी ७ मा रहेको साङगा छ्योइफेल गुम्बा परिसरमा बुद्धशान्ति हरित पार्कको एक कार्यक्रमका विच आईतबार शिलान्यास गरेको छ । प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य ओम बहादुर घलानले उक्त हरित पार्कको शिलान्यास गरेको हो । शिलान्यास कार्यक्रममा बोल्दै सांसद घलानले साङगा छ्योइफेल गुम्बाले वनसंरक्षण र पर्यटनमा महत्वपुर्ण कदम चालेको भन्दै प्रशंसा गरेका छन् । उक्त पार्क मनकामना सामुदायिक वन उपभभोक्त समुहको क्षेत्रमा पर्दछ । बौद्ध धर्मको प्रबद्र्धनका साथै वनको संरक्षणको क्षेत्रमा पाइला चालेकोमा गुम्बा परिबारलाई धन्यबाद समेत ज्ञापन गरे ।
सधर्म प्रबद्र्धन , वन संरक्षण र पर्यटकिय स्थल जस्ता ठुलो योजन निर्माणका लागि सानातिना बजेटले हरित पार्क निर्माण सम्पन्न नहुने हुदा बजेट ब्यवस्थापनका लागि आफुले पनि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारले पनि यस्ता खालका योजनाका लिग बजेट विनीयोजन गर्दै आइरहेको भन्दै उनले प्रदेश सरकारबाट बजेट ब्यवस्थापन गर्ने जिम्मा आफनो रहेको बताए । त्यसै गरि मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले पार्क क्षेत्रमा संरचनाहरु पुनिर्माण गर्दासकेसम्म कंक्रिट जन्य बस्तु प्रयोग नर्गन सुझाव दिए । वन जंगलमा मुडा , खर लगाएतका प्राकृतिक बस्तु प्रयोग गरेर संरचनाहरु निर्माण गरे पार्कको सुन्दरतामा झनै राम्रो हुने बताए ।
पार्क निर्माणका लागि गाउँपालिकाले बजेट उपलब्ध गराउने भन्दै अध्यक्ष उप्रेतीले गाउँपालिकाले छिट्टै संरचना निर्माणकालागि डिपिआर तयार गर्ने बताए । करिब एक बिगाह क्षेत्रमा निर्माण गर्न लागेको पार्कमा विभिन्न किसीमका बोटबिरुवाको बृक्षारोपण , सुन्दर फोहोरा सहितको पोखरी तथा सांढे २ फिट आग्लो बुद्धको मुर्ति स्थापना गर्ने जनाएको छ । निर्माण कार्य आर्थिक वर्ष २०७६– ७७ भित्र सम्पन्न गराइने लक्ष्य समितीले लिएको छ। बुद्धशान्ति हरित पार्क निर्माण समितीका अध्यक्ष नारायाण घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रम प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्या ओम घलानको प्रमुख आथित्य रहेका थिए । त्यसै गरि कार्यक्रममा संबिधान सभाका सदस्य राजाराज स्याङतान , राप्ती डिभीजन वन कार्यलय मनहरीका प्रमुख दिर्घ नारायण कोइलारा , मनकामना सामुदायि वन उपभाक्त समुहका अध्यक्ष चन्द्र बहादुर पौडेल ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङ लगाएतको आथित्य रहेका थिए ।