हेटौंडा,१ असारः आर्थिक वर्ष २०७६/०७७ सालका लागि ३ नम्बर प्रदेशको बजेट प्रस्तुत हुँदैछ । प्रदेश ३ का अर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट भाषण सुरु गरेका हुन् ।
जस अन्र्तगत प्रदेश सरकारले प्रदेश भ्रमण वर्ष मनाउन आवश्यक कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको बताएका छन् । योजना अनुसार यस कार्यक्रमबाट प्रदेशमा पर्यटक भित्र्याउन पहल हुनेछ ।
मन्त्री ढुंगेलद्वारा प्रस्तुत बजेटमा गुणस्तरीय भौतिक पुर्वाधारको विकास, पर्यटन प्रर्वद्धन र विकास, नदी नियन्त्रण, उर्जा तथा ग्रामीण विद्युतीकरण, शिक्षा, कृषिमा आधुनिकीकरण, कृषि, रैथाने प्रजातीको संरक्षयण, बस्ती संरक्षणमा आगामी आवको बजेटको प्रमुख प्राथमिकतामा रहेको देखिन्छ ।