• जयराम मोक्तान

मनहरी,२७ जेठ । पश्चिम मकवानपुरको मनहरी ६ प्रतापपुरमा रहेको एक प्राथमिक बिद्यालयको छाना हुरीले उढाए पछि पढाई प्रभाबित भएको छ । प्रतापपुरमा रहेको बाल ज्योति प्राथमिक बिद्यालयको छाना गत १६ गते गएको हुरी सहितको हावाले जस्ता सहितको छाना उढाएर क्षति पुर्याएको हो ।

डाँडा भाटा तथा जस्तापाता पुनः प्रयोग गर्न नमिल्ने गरि पुर्णरुपमा क्षति भएको उक्त बिद्यालयका प्रधानध्यपाक हरि सुबेदीले जानकारी दिए । जस्ता पाता तथा अन्य काठजन्य बस्तुहरुका क्षतिसंगै करिब ४ लाख भन्दा बढि बिद्यालयलाई नोक्सान भएको छ । ५ कोठा रहेको उक्त भवनमा इसिडी कक्षा सञ्चालन तथा तथा अन्य कोठा स्टोर कोठाको रुपमा प्रयोग गर्दै आइरहेका थिए । इसिडी कक्षामा १५ जना बिद्यार्थीहरु अध्यायन गर्दै आइरहेको थिए । हुरिका कारण बिद्यालयको छाना उढाएपछि इसिडी कक्षाका प्रभाबित भएका छन । उक्त कक्षाका बिद्यार्थीलाई १ कक्षासंगै राखेर कक्षा सञ्चालन गरिेहेको प्रधानध्यापक सुबेदीले बताए । कक्षा ३ सम्म कक्षा सञ्चालन उक्त बिद्यालयमा १ सय ५० भन्दा बढि बिद्यार्थीहरु नियमित रुपमा कक्षामा सहभागी हुदै आइरहेका छन।
१ साता भन्दा लामो समय बितिसक्दा पनि बिद्यालयको छाना मर्मत नहुदा इसिडी कक्षा तथा बिद्यालयका अत्यआवश्यकीय सामग्रीहरुको भण्डारण गर्न कठिन भइरहेको बताइएको छ । बिद्यालयको आर्थिक स्रोत अभाबका कारण हालसम्म पनि बिद्यालयको छाना हाल्न सकेको छैन । बिद्यालयका प्रधानध्यापन सुवेदीका अनुसार छाना मर्मतका लागि आर्थिक स्रोत सहयोग गराइदिनका लागि गाउँपालिकालाई आग्रह गरिएको बताए ।