हेटौंडा,२७ जेठः प्रदेश नम्बर ३ हेटौंडामा सामाजिक विकासमन्त्री युवराज दुलाललाई बालविकास सहयोगी कार्यकर्ता संजाल चितवनले आज कार्यकक्षमा नै ज्ञापनपत्र बुझाएको छ ।

शिक्षा क्षेत्रमा धेरै भन्दा धेरै वजेट विनियोजन भए पनि बालविकास केन्द्र संचालन गर्ने शिक्षकहरुको पारिश्रमिकमा भने वेवास्ता गरेको संजालकी अध्यक्ष निरा पाठकले मन्त्री दुलाल समक्ष गुनासो राखेका छन् । अध्यक्ष पाठकले यस्तो महंगीको चपेटामा परी मासिक ६००० हजारमा आफुहरुले काम गरिरहेको, सवै भन्दा न्यून पारिश्रमिक बुझ्ने बाल शिक्षकहरु रहेको दुख पनि व्यक्त गरे । कामको समान ज्याला हुनु पर्ने मागसहितको ५ बुदे ज्ञापन पत्र लिदै मन्त्री दुलालले संजालको मागप्रति गाभिर्यता देखाएका छन ।

मन्त्री दुलालले समाज सेवाको रुपमा न्यून पारिश्रमिक लिई काम गर्ने धेरै क्षेत्रलाई व्यवस्थापन गर्न आफु लागिरहेको र समान कामको समान ज्याला लागुगर्न आफ्नो तर्फबाट पहल गरिरहेको बताएका छन् । राष्ट्रिय शिक्षा ऐन र कानुनको दस्तावेज देखाउदैं नीतिगत विषयमा ज्ञापन पत्र बुझाउन आउने बाल शिक्षकहरुसंग निकै बकेर मन्त्री दुलालले छलफल नै चलाएको थियो । हाम्रो मागको संवोधन छिट्टै गरियोस् भनि बाल विकास कार्यकर्ता संजाल चितवनले जोडदार अनुरोध गरेका छन् ।