जेठ २२
प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले हेटौडा उपमहनगरपालिका वडा नंम्बर १ स्थित सडक खण्डमा शंकास्पद रुपमा हिंडिरहेको एक व्यक्तिलाई खैरो हेरोईनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ३१ वर्षिय मिलन परियार रहेको प्रहरीले बताएको छ । प्रहरीले परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाईन्टको खल्ति भित्र सुर्तिको प्याकेटमा लुकाई छिपाई राखेको लागु औषध खैरो हेरोईन ७ ग्राम फेला परेको हो । परियारलाई लागु औषध खैरो हेरोईन सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।