हेटौंडा,१८ जेठः घरजग्गा व्यवसायी संघ मकवानपुरको तदर्थ समिति गठन भएको छ । समितिको अध्यक्षमा ध्रुब घिमिरे चयन भएका छन् । आज हेटौंडामा भएको व्यवसायीहरुको भेलाले घिमिरेको अध्यक्षतमा २५ सदस्यीय कमिटी गठन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा कमलराज मैनाली, उपाध्यक्षमा युवाकर मैनाली र महिला उपाध्यक्षमा डोल्मा स्याङ्वो चयन भएका छन् । संघको महासचिवमा राजकुुमार बानियाँ, सचिवमा शम्भु पुडासैनी तथा कोषाध्यक्षमा भीमप्रसाद तिमल्सिना (पवन) चयन भएका छन् ।
संघको सदस्यहरुमा कालु घलान, धर्मराज पुडासैनी, कृष्ण नकर्मी, दिपेन्द्र यादव, होमनाथ गौतम, प्रकाश बानियाँ, शंकर राउत, हरि गिरी, विजय गौतम, इन्दु ढुंगेल, कृष्ण चौलागाईं, हरि मैनाली लगायतको रहेका छन् ।