हेटौंडा,१२ जेठः प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाका १० वटा स्थानीय तहले कार्यक्रम सम्झौता गरेका छन् ।

मकवानपुरका गरिब नागरिकलाई लक्षित गरेर यो कार्यक्रम जिल्लामा प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम सम्झौता गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मकवानपुरमा गरिब नागरिकलाई लक्षित गरेर संचालन गर्नका लागि हेटौंडा, थाहा, बकैया, बागमती, कैलाश मकवानपुर गढी, मनहरी गाउँपालिका लगायतका मकवानपुरका स्थानीय तहसँगै प्रदेश नम्बर ३ का सबै स्थानीय तहसँग यो कार्यक्रम सम्झौता गरिएको हो ।
त्यस्तै मकवानपुरका स्थानीय तहका प्रमुखहरुले यो कार्यक्रमलाई आफ्ना गाउँपालिकामा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो कार्यक्रम सम्झौतासँगै स्थानीयहरु पनि स्वरोजगार हुने भन्दै खुसी भएका छन् । यस कार्यक्रमले अब खाडी मुलुकमा बेचिने सीपले गाँऊको विकास हुने बताउँछन्, बागमती गाँउपालिकाका अध्यक्ष सर्केस घलान । १० वर्षे जनयुद्धको घाउ ताजा भएको ठाँऊको रुपमा चिनिने यस गाउँपालिकामा यो कार्यक्रमले राहत प्रदान गर्ने विश्वास व्यक्त गर्दै लक्षित समुह तथा व्यक्तिमा यो कार्यक्रम प्रभावित हुने अध्यक्ष घलानको भनाई छ ।
त्यसैगरी थाहानगरपालिकाका नगर प्रमुख लवशेर बिष्टले लगानीको अभावमा उर्बर जनशक्ती बिदेशिएको र उनीहरुको पसिनाले आएको रेमिट्यान्सको रकमले देश टिकेको बताउँदै राष्ट्र निर्माणको लागी रेमिट्यान्स होईन उर्बर जनशक्ती चाहिने धारणा राखे । उनले यस कार्यक्रम त्यस्ता जनशक्ती गाउँमा नै टिकाउन र गाउँ विकास गर्न प्रभावकारी हुने बताए ।