बैशाख ३१
आईतबार बेलुकी परेको चट्याङ लागेर राक्सीराङ गाउँपालिका वडा नम्बर ४ की वडा सदस्या सुनमाया ब्लोन घाईते भएकी छिन । गाउँपालिकाको ४ नम्बर स्थीत जयसिंह तालमा रहेको आफ्नै घरमा बसिरहेको अबस्थामा चट्याङमा परि वडा सदस्या ब्लोन घम्भिर घाईते भएकी हुन् । घटना भए लगक्तै गम्भिर घाईते ब्लोनलाई आइताबार राती नै उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो ।
उनलाई अहिले आईसियुमा राखेर उपचार गराइरहेको ४ नम्बरका वडा अध्यक्ष संजय कोइरालले जानकारी दिए । चट्याङ लागेर कम्मर भन्दा मुनिको भागमा भम्भिर असर परेको र उक्त भाग नचलेको बताए । उनको उपचारमा हालसम्म ४० हजार भन्दा खर्च भइसकेको र थप उपचारका लागि अझै आइसियुमा राख्नु पर्ने भएकाले आर्थिक अभाव भएको हुदा सहयोगका गरिदिन उनका श्रीमन टिकाराम ब्लोनले आग्रह गरे ।