बैशाख ३०
वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भएर १०० लागेका छन् । उनको सम्मानमा सोमबार ललितपुर उपमहानगरपालिकाले रथारोहण गरेको छ । ललितपुरको मंगलबजारबाट पाटन, जावलाखेल हुँदै उनलाई बग्गीमा राखेर परिक्रमा गराएर काठमाडौं महानगरपालिकामा विशेष सम्मान गरिएको थियो । उनको सम्मानमा आजै ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न एकाले महानगरले सोमबार बिदा दिएको तथा उनका नाममा उद्यान र सडक निर्माण समेत गरिने निर्णय भएको जानकारी दिए । पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ । ण्यसैबीच राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा पठएको शुभकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पु¥याएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ ।

सन्देश सोमबार बिहान निवासमा आयोजित एक समारोहमा पढेर सुनाइएको थियो । राष्ट्रपति भण्डारीले पठाएको सो सन्देशमा नेपाल भाषा र संस्कृतिको श्रीवृद्धिमा पनि उनले पु¥याएको योगदान उल्लेखनीय रहेको स्मरण गरिएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाएको सय अंक उल्लेख गरिएको चित्रसहितको बुकी र दोसल्लाद्वारा पनि संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो । संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर सोमबार विहान उनकै निवासमा आफन्तजनहरुले उनको सुस्वास्थ्य र दीर्घायूको कामना पनि गरेका थिए ।