बैशाख ३०
स्थानिय सरकार गठन भए यता मनहरी गाउँपालिकाको विभिन्न स्थानमा विकास निर्माणको कार्यहरु लहरै चलेको छ । पछिल्लो समयमा गाउँपालिकाबाट विनियोजि बजेटहरु विभिन्न विकास निर्माण कार्यहरुमा प्रयोगसंगै अपुग बजेट केन्द्र सरकारसंग पनि आवश्यक वजेट माग तथा स्वीकृत गराई विभिन्न विकास निर्माणका कार्य सञ्चालन गरिरहेका छन । यसै क्रममा गाउँपालिकाले गाउँपालिकाको ३ नम्बर वडामा पनि भुन्दु्रङ देखी हृेटौडा १९ बस्तिपुर जोड्ने राप्तीखोलामा पक्की पुल निर्माणका लागि भौतिक योजना तथा यातायात मन्त्रालयमा पक्की पुल निर्माणको लागि आवश्यक बजेट विनीयोजनका लागि प्रतिनिधी सभाका सदस्या राम नारयाण विंडारी , प्रदेश नम्बर ३ का प्रदेश सभा सदया ओम घलान तथा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती भौतिक योजना तथा यातायात मन्त्रालयमै पुगि स्थानियहरुको समस्य समाधानका लागि आग्रह गरेका थिए ।
समस्याको बारेमा मन्त्रालय सरारात्मक रहेको र स्थानिय सरकार गठन पहिले नै उक्त स्थानमा पक्की पुल निर्माणका लागि डिपीआर सम्पन्न भइसकेका कारण पुल निर्माणमा कुनै समस्य नरहेका मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । पक्क अभाबका कारण मनहरी ३ का स्थानीयहरु बर्खाको समयमा आवत जवतका गर्न कठिन भइरहेको ३ नम्बरका अध्यक्ष मान बहादुर स्याङतानले जानकारी दिए । पुल अभाब कै करण उक्तस्थानमा उत्पादन भएका विभिन्न कृषी जन्य बस्तुहरुको बजारीकारणमा पनि समस्य आइरहेको छ । तरकारी पकेट तथा आर्गनिक तरकारी उत्पादन क्षेत्र भएकाले उत्पादित तरकारीहरु काठमण्डौ नारायणघाट , पोखरा तथा अन्य स्थानमा तरकारी आयात गर्न कठिनाइ भइरेको स्थानियहरुले बताएका छन ।