बैशाख २९
भिमफेदी गाउँपालिकाले पालिकाको वार्षिक कार्यक्रम २०७५÷२०७६ अन्तर्गत सुत्केरी गाईभैंसीे लागि पोषण सहयोग गर्ने भएको छ ।

एकलाख बजेटमा वार्षिक कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई पोषण चाहे जस्तै गाईभैंसीलाई पनि पोषण चाहिन्छ भन्ने शिक्षा किसानलाई अवगत गराउन यो कार्यक्रम राखेको पालिकाको पशु प्रविधिक नारायण प्रसाद शर्माले बताए ।

उनले पालिकामा गाईभैंसी सुत्केरी भएको बढीमा एक सय घरधुरीलाई समेटेर यो पोषण सहयोग गर्ने पनि बताए । वजेट कम भए पनि कार्यक्रम प्रभावकारी रहेको र किसानहरुलाई पशुपालनमा प्रोत्साहन गर्ने यो कार्यमको उदेश्य रहेको छ । यो सालमा सुत्केरी भएको गाईभैसीलाई मात्रै पोषण पाप्त गर्ने छ । यो सालमै सुत्केरी भएको प्रमाण पेस गरी सो सेवा उपलब्ध हुनेछ ।