२९,बैशाखः आजदेखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीको सहभागिता रहेको परीक्षा बोर्डले जनाएको छ । वैशाख २९ बाट सञ्चालन गरिएको परीक्षा जेठ ८ गते सकिनेछ ।
गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्नपत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा उक्त त्रुटि नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्र सुरक्षाका लागि सिसिक्यामेरा जडान गरेको छ । वैशाख १४ गतेदेखि सञ्चालन गरिएको कक्षा १२ को परीक्षा भने वैशाख २६ गते सम्पन्न भएको छ । परीक्षामा ४ लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएका थिए ।