बैशाख २६
वन विज्ञान क्याम्पस हेटौंडामा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु क्याम्पस कमिटीको समर्थनमा विद्यार्थीहरुले यही २४ गतेदेखि क्याम्पसको लेखा शाखा र जिन्सी साखामा ताला लगाएका छन् ।

ताला लगाएको २ दिन वित्दा पनि विद्यार्थीहरुलाई छलफलमा बोलाएर समस्याको समाधान गर्न क्याम्पस प्रशासन आतुर नभएको अखिल (क्रान्तिकारी)का नेता सरोजबल्लभ भट्टाराईले बताए । विद्यार्थाीहरुले होस्टलमा आफुहरु बस्न नपाएपछि ताला लगाएको र दुई संगठनले नीति संगत ढंगबाट विद्यार्थीहरुलाई होस्टल व्यपस्थापन गरीदिन क्याम्पस प्रशासनसंग अपेक्षित रहेको पनि बताए । आफुहरुको माग संबोधन नहुन्जेलसम्म प्रशासन बन्दै रहने पनि विद्यार्थीहरुले चेतावनी दिएका छन् ।