सांकेतिक तस्वीर

हेटौंडाः चट्याङका कारण मकवानपुरमा आज एक युवतीको ज्यान गएको छ, भने अर्की एक जना घाइते भएकी छिन् ।

मकवानपुरगढी गाउँपालिका–५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरभित्रै बसिरहेकी फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

अर्की एकजना घाइते भएकी छन् । मनहरी गाउँपालिका–३, स्थित लामिटारमा परेको चट्याङका कारण बाख्रा चराउँदै गरेकी स्थानीय बृन्दा मोक्तान घाईते भएकी हुन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।