बैशाख १५
जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिएका छन् ।
भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । उनका बुबाको ५ वर्षअगाडि मृत्यु भइसकेको र घरमा आमा, चार दिदीबहिनी हुँदा पढाइमा समस्या भएकोे स्थानीयवासी तेजबहादुर पुनमगरले बताए । स्थानीयवासीका अनुसार भीमबहादुरले कक्षा ८ मा कक्षा सबैलाई जितेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले भीमबहादुरको कक्षा ९ र १० को सम्पूर्ण पढाइ व्यवस्थापन बेहोर्ने लिखित कागजसमेत गरेका छन् । यहाँका सामुदायिक विद्यालयमा एक जनप्रतिनिधिले अनिर्वाय विद्यार्थी भर्ना गर्नुपर्ने नियम बनाएर विद्यार्थी भर्ना गरिरहे पनि अभिभावकत्व ग्रहणमा उनी नै पहिलो व्यक्ति भएका छन् ।