हेटौंडा,५ बैशाखः मानिसहरुलाई तनावबाट मुक्त गराउँदै सफलताको बाटो देखाउने उद्देश्य सहित यही बैशाख ७ गतेबाट हेटौंडामा “सुर्दशनसँग कफी” श्रृंखला सुरु हुने भएको छ ।

नलेज भिलेज नेपालको प्रस्तुतीमा प्रत्येक महिनाको पहिलो शनिबार बिहान ७ः३० बजेदेखि ८ बजेसम्म “सुर्दशनसँग कफी” श्रृंखला हुने भएको हो । आधा घण्टाको प्रस्तुतीमा बंंैकर तथा लेखक सुदर्शन अधिकारीले जीवन उपयोगी, समसायिक विषय समेट्ने छन् ।

कार्यक्रममा निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ । कार्यक्रममा स्वास्थ्य जीवन, तनाव ब्यवस्थापन, सफलताका सुत्रहरु, ब्यवसायिक सफलता, नेतृत्व र जिम्मेवारी, सकारात्मक सोच, आर्थिक र वित्तिय कुरा, जीवन विज्ञान, समाजसेवा लगायतको विषयमा मन्थन हुने प्रस्तोता अधिकारीको भनाई छ ।

“सुर्दशनसँग कफी”श्रृंखलाका प्रस्तोता अधिकारीले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै प्रस्तोता अधिकारीले आफ्नो ४५ वर्षे बैंकिङ करिअर तथा सामाजिक जीवनको अनुभवलाई कार्यक्रम मार्फत प्रस्तुत गर्न लागिएको बताएका छन् ।

अर्थशास्त्रमा स्नाकोत्तर गरेका अधिकारीको नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, ग्रामीण विकास बैंक र अल्पाइन विकास बैंकमा गरी आर्थिक क्षेत्रको ४५ वर्ष लामो अनुभव छ ।