२८ चैत्र,
प्रदेश नं. ३ अन्तर्गतका जिल्ला जनस्वस्थ्य कार्यलयका कर्मचारीहरुले विगत ६ महिना देखि तलव सुविधा नपाएको बताईएको छ । यही प्रदेश अन्तर्गतका १३ जिल्लाका कार्यालय प्रमुख सहित त्याहाँका कर्मचारीहरुले तलव सुविधा नपनउदा पारिपारिक खर्च गर्न समस्या परेको कर्मचारीहरुको गुनासो छ । संघिय सरकारले प्रदेश सरकारमा जनस्वास्थ्यका कर्मचारीहरुलाई हस्तान्तरण गरेपछि प्रदेश सरकारले तलव सुविधा दिनु पर्ने व्यवस्था भए पनि आफुहरुले तलव ६ महिना देखि नपाएपछि आक्रोस व्यक्त गरेका हुन् ।
१३ जिल्ला कै जनस्वास्थ्यका कर्मचारीहरुले ३ नं. प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री तथा कोष तथा लेखा नियन्त्रकको कार्यालयमा पुगेर तलव सुविधा माग गरे पनि कुनै सुनवाई नभएको बताउनु भएको छ । जनस्वस्थ्य कार्यलय हेटौंडाका प्रमुख शशीकान्त सिंहले सम्बन्धित निकायमा पटक पटक जानकारी गराउँदा पनि कर्मचारीले तलव नपाएको भन्नु भयो । तलव नपाएका कारण घर भाडा तिर्न, बालबालिकाको पढाई खर्च, स्वस्थ्य र दैनिक खर्च गर्न जुटाउन मुस्किल भएको गुनासो रहेको छ ।
यसैविच प्रदेश ३ का ३ सय ६८ ओटा वडामा स्वस्थ्य संस्था नरहेको बताईएको छ । प्रदेशमा जम्मा १ हजार १ सय २२ ओटा वडा मध्ये ७ सय ५४ ओटा वडामा मात्रै स्वास्थ्य संस्था रहेको छ । साथै स्वस्थ्य संस्थामा सुत्केरी गराउने महिला पनि ७१ प्रतिशत मात्रै रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाको अनुसार स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत ५ जिल्लामा लागु भएको छ । सो जिल्लाहरुमा १५ लाख ४९ हजार जनसंख्या रहेको मध्ये २१ प्रतिशतले मात्रै स्वास्थ्य विमा गराएको सो निर्देशनालयबाट बुभिएको छ ।