२८ चैत्र,
‘व्यवसायी तिम्रो पाराले, दुख पाए विद्यर्थी साराले’ भन्ने नाराका साथ संयूक्त विद्यार्थी मकवानपुरले सिठ्ठी आन्दोलन तथा सडक बहस कार्यक्रम गरेको छ ।

सार्वजानिक सवारीमा विद्यार्थीलाई भाडामा छुट दिन दबाब स्वरुप विहिबार सो आन्दोलन गरेको हो । हेटौडा भन्दा बाहिरबाट पढ्न आउने विद्यार्थीहरुलाई सवारीमा पुरा भाडा माग्ने तथा विद्यार्थीले भाडा दिन्नन् भनि सवारीमा नै नचढाउने गरेकाले विद्यार्थीले भाडामा छुट हुनु पर्ने माग राख्दै सिठ्ठी आन्दोलन तथा सडक बहस कार्यक्रम गरेको मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी नेता रामकृष्ण सिवाकोटीले बताए ।

भाडामा ४५ प्रतिशत छुट हुनु पर्नेमा आफुहरुको माग रहेको र माग पुरा नहुन्जेलसम्म सार्वजानिक सवारी विरुद्ध निरन्तर संघर्ष गर्न विद्यार्थी तयार रहेको सोही क्याम्पसका अर्का नेता विशाल पौडेले जानकारी दिए । सार्वजानिक सवारीले क्याम्पस आउने समयमा सवारी नै नरोक्ने यदि कसैले रोकेर ल्याए पनि पुरा भाडा मागेर हप्काउने गरेकाले आफुहरुलाई पढाईमा समेत असर परिरहेको विद्यार्थीको गुनासो रहेको छ । यस विषयमा सबै सरोकारवाला निकाय गम्भिर भई गुणस्तर शिक्षाका लागि सहज वातावरण तय गरिदिन समेत विद्यार्थीहरुले अह्वान गरेको छ ।