हेटौडा,२८ चैत्र । मनहरी गाउँपालिका वडा न. १ चकरीमा मित्रसेवा कृषि फर्म प्रा.लि.ले तरकारी खेती गर्ने किसानलाई मध्यनजर गर्दै विभिन्न योजना सहित स्थापना गर्न थालिएको छ ।
तरकारी किसानलाई प्राविधिक सहयोग सहित किसानले तरकारीको विउ रोपेदेखि जेटिएको सहयोगमा रेखदेख गर्ने र उत्पादन गरिएका तरकारीहरु उक्त कम्पनीले खरिद गर्ने उदेश्य रहेको कम्पनीका प्रबन्धक हरिशरण जिम्बाले बताए । आफू लामो समय बैदेशिक रोजगारको निम्ति बाहिरिनु परेकोले अबको दिनमा आफ्नो गाउँठाउँमा बसेर नयाँ सोचको साथ काम गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानाकारी दिए ।
२० जनाको टीमले उक्त योजना शुरु गर्न लागेको र मकवानपुरको तरकारी पकेट क्षेत्र थाहा, हाडीखोला, बागमति, गढी, मनहरीमा जेटिएको निगरानीमा काम शुरु गरिने प्रबन्धक जिम्बाको भनाई थियो । हाल १३ जना प्राविधिक आफूसँग भएको र किसानले बिचौलियालाई आफ्नो मेहनत त्यसै खान दिन नपर्ने समेत उनको दावी थियो ।