हेटौंडा, २७ चैत । ३ नम्बर प्रदेशको बुधबार मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रबद्र्धनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि–२०७५ स्वीकृत गरेको छ ।
यसैगरी बैठकले मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यन्वयन सम्बन्धी कार्यबिधि–२०७५ स्वीकृत गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
गत चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीका कारण पिडीत परिवारको आवास निर्माणका लागि २ प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको छ । यस अघिको मन्त्रिपरिषद बैठकले हावाहुरी पिडितलाई एक करोड दिने निर्णय गरिसकेको थियो ।
बैठकबाट नेपाल भ्रमण बर्ष २०२० प्रबद्र्धन सम्बन्धी प्रदेश स्तरिय कार्यबिधि पनि स्वीकृत गरेको ढुंगेलले जानकारी दिनुभयो । जलचर संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक पनि प्रदेश सरकार मन्त्री परिषदको बैठकले स्वीकृत गरेको ढुंगेलले बताउनुभयो ।