३ नम्बर प्रदेशको बुधबार बसेको मन्त्रीपरिषदको बैठकले प्रेश रजिष्ट्रार नियुक्त गरेको छ । प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको बैठकले आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तरगत रहेनेगरी प्रेश रजिष्ट्रार नियुक्त गरेको हो । सिन्धुपाल्चोक चौताराका स्थायी बासीन्दा रहेका पत्रकार रेवती सापकोटा २० बर्षदेखि पत्रकारिता पेशामा आवद्ध रहेका छन् । स्नाकोत्तर तह अध्ययन गरेका सापकोटा विभिन्न संचार माध्यममा आवद्ध रहेका छन् ।
संघीय सरकारको सूचना तथा प्रसारण बिभागले गर्ने काम अब प्रदेशमा सञ्चार रजिष्टारले गर्नेछन् । सन्चार रजिष्टारले एफएम रडियो, टेलिभिजन र पत्रपत्रिका सन्चालनको अनुमतिपत्र प्रदान गर्ने, नवीकरण र नियमन गर्ने तथा पत्रपत्रिका, अनलाइन सन्चारमाध्यम लगायत सबै सन्चारमाध्यमको अभिलेख राख्ने काम गर्छ ।