सांकेतिक तस्वीर

हेटौंडाः सुनसरीको धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ, यमकुमारी मगर, उनकी ५ महिने छोरी डेनी मगर र बलबहादुर मगर रहेका छन् । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको अनलाइन खबरमा समाचार छ ।