हेटौंडा,२२ चैत्रः मकवानपुरको हेटौंडामा आज नेपाल उत्पीडित जातीय मुक्ति समाज, मकवानपुर र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, मकवानपुरको संयुक्त आयोजनामा जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित नेकपा पार्टी कार्यालयको सभाकक्षमा सञ्चालित कार्यक्रममा मुक्ति समाजका जिल्ला अध्यक्ष रत्नलाल विश्वकर्माको सभाध्यक्षता तथा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आथिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केदार न्यौपाने, विशेष अतिथि मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक डा. बुद्धि नेपाली, नेकपाका केन्द्रीय सदस्य कुमारी मोक्तान, रामेश्वर राना, प्रदेश सदस्य प्रेम बहादुर पुलामी, जिल्ला नेता बद्री लम्साल, एकलाल श्रेष्ठ, मोर्चाका केन्द्रीय सचिवालय सदस्य राकृष्ण देउला, युक्तलाल विश्वकर्मा, केन्द्रीय सदस्य जंगबहादुर विश्वकर्मा र कमला विश्वकर्माले प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले नेपालको दलित आन्दोलन, प्रवित्ति, उपलब्धी, योगदान र जनप्रतिनिधिको भूमिकाको विषयमा केन्द्रीत रहेर आफ्ना भनाई राखेका थिए । कार्यक्रमका सहभागीहरुलाई मकवानपुरे दलित आन्दोलनमा क्रियाशील अभियन्ता कमलकुमार विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रममा जिल्लास्थित दुबै संगठनमा आबद्ध अगुवा कार्यकर्ता तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सहभागी भएका थिए ।